अब नेपाल टेलिकमको रिङव्याकटोनमा कोरोना सम्वन्धि जानकारी - Crazysaptahik.com

अब नेपाल टेलिकमको रिङव्याकटोनमा कोरोना सम्वन्धि जानकारी


क्रेजी साप्ताहिक
काठमाडौं । नेपाल टेलिकमको रिङव्याक टोनबाट कोरोनाभाइरस सम्वन्धि जानकारीमूलक सन्देश दिन थालिएको छ ।  ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था नेपाल टेलिकमले गरेको छ ।

उक्त नम्बरमा कल गरे पश्चात् कोरोनाभाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहीबाट थाहा पाउन सकिन्छ । नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ । विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘एनटी सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने विश्वास गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.