परीक्षा दिन हिंडेकी किशोरीको बलात्कार गरी हत्या - Crazysaptahik.com

परीक्षा दिन हिंडेकी किशोरीको बलात्कार गरी हत्या


क्रेजी साप्ताहिक
इलाम । इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ । सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको थियो ।

बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए । विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आकृतिले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टा बाँधिएको र टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा शव भेटिएको थियो ।

अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएकोमा एक जनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका छन् । रोशन राईले आफूले आकृतिलाई बलात्कार गरी हत्या गरेको स्वीकारेको एसपी पाण्डेले बताए । रोशन सूर्योदय–१३ लक्ष्मीपुरका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.