
क्रेजी साप्ताहिक । चर्चित हेयर स्टाइलिष्ट नीलडेविड कटवालले नेपालमा सञ्चालनमा ल्याएका आफ्ना तीन दर्जनभन्दा बढी सैलूनहरु आइतबारदेखि बन्द गर्ने निर्णय गरेका छन् ।
विश्वभर नै त्रास फैलाइरहेको कोरोना भाइरसका कारण शैलुनहरु बन्द गरिएका कट्वालले जानकारी दिए । उनले भने ‘‘कोरोनाको त्रासका कारण मैले आफ्ना हेयरस्टाइलिस्ट तथा कर्मचारीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरेको हुँ’ नीलडेविडका यस्ता सलूनहरुमा करिव तीन सय जना मेकअप आर्टिस्ट, हेयरस्टाइलिस्ट सहितका कर्मचारीहरु रहेका छन् ।
उनि भन्छन् ‘सरकारले पनि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने घोषणा गरेको पृष्ठभूमिमा हामीले पनि यो निर्णय गरेका हौं ।’ अत्यवाश्यक सेवा सूचारु भएपछि नीलडेविड्सका सलूनहरु पुनः सञ्चालनमा आउने उनले जानकारी दिए ।

