९ जना जुवाडे पक्राउ - Crazysaptahik.com

९ जना जुवाडे पक्राउ


क्रेजी साप्ताहिक। जुवाखालबाट झण्डै ३ लाख नगद रकमसहित दाङ्गबाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । २ लाख ८९ हजार १४ रुपैयाँ नगदसहित उनिहरुलाई पक्राउ गरेको हो ।  घोराही उप–महानगर पालिका –१४ को सरस्वती टोलमा रहेका बुढाथोकी समिर होटलमा कोठा भाडामा लिइ जुवा खेल्दै गरेका ९ जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले पुष्टि गरे ।

डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा उपमहानगरपालिका– १० का ४३ बर्षीय मलबहादु डाँगी, २७ बर्षीय प्रेम पुन, ४० बर्षीय द्र्रोणबहादुर महरा, ५० बर्षीय गुमानसिंह डाँगी, ३१ बर्षीया बिष्णु बिसी भन्ने टपेन्द्र बिष्ट, २७ बर्षीय आकाश लम्साल, ३८ बर्षीय धनबहादुर वली र ३२ बर्षीय अनिल विक रहेका छन् । प्रहरीले केहि दिनअघि मात्र नजिकैको अर्को होटलमा जुवा तास खेल्दै गरेका १० जनालाई पक्राउ गरि कारबहाी गरेको थियो । पछिल्लो समय दाङ्गका होटलहरु जुवातासको अखडा बनेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.