
क्रेजी साप्ताहिक काठमाडौं । अत्यावश्यक बाहेकका काममा घरबाहिर नजान क्रिकेटर पारस खड्काले सबैलाई अपिल गरेका छन् ।
आइतबार बिहान नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगत तर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् ।
अहिले सहज परिस्थिति नभएको भन्दै उनले भनेका छन्, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौं ।’ उनले सबै एकताबद्ध भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्न अपिलसमेत गरेका छन् ।

