जेलमै मनाए रोनाल्डिन्होले जन्मदिन - Crazysaptahik.com

जेलमै मनाए रोनाल्डिन्होले जन्मदिन


क्रेजी साप्ताहिक । ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले आफ्नो ४०औं जन्म दिन जेलभित्रै मनाएका छन् । उनले २१ मार्चमा पर्ने आफ्नो जन्मदिन पाराग्वेको जेलमा मनाएका हुन् ।

पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरि जेलमा राखिएको छ । उनी १० दिनअघि नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए ।  उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट पक्राउ गरिएको थियो । रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका पनि तय भएको थियो ।

रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन । उनी अझै केही समय जेलमा बस्नु पर्ने बताईएको छ । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.