
क्रेजी साप्ताहिक । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा बम विस्फोट भएको छ । बिस्फोटमा परी अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी दिएका छन् । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले बताए ।

