बहराइनमा रहेका तीन नेपालीलाई कोरोना संक्रमण - Crazysaptahik.com

बहराइनमा रहेका तीन नेपालीलाई कोरोना संक्रमण


क्रेजी साप्ताहिक काठमाडौं । बहराइनमा रहेका तीन जना नेपाली नागरीकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् ।

थप तीन नेपालीलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् । बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर