एन्फाले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिने - Crazysaptahik.com

एन्फाले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिने


क्रेजी साप्ताहिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना संरचना क्वारेन्टाइनमा उपयोग गर्न सकिने बताएको छ । एन्फाले विज्ञप्ति जारी गरी ललितपुरको एन्फा कम्प्लेक्स होस्टल, बुटवल र धरानको फुटबल एकेडेमी र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक परेमा नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारलाई क्वारेन्टाइन बनाउन उपलब्ध गराउन सक्ने जानकारी गराएको छ । कोरोना भाइरसको त्रासका कारण एन्फाले आफ्नो सम्पूर्ण कार्यालय पनि बन्द गरिसकेको छ ।

सम्बन्धित खवर