पथरीकी सज्जा नेपाल आईडलको टप ४ मा पुगेपछि बुबा र भाइले गरे भोटको अपिल - Crazysaptahik.com

पथरीकी सज्जा नेपाल आईडलको टप ४ मा पुगेपछि बुबा र भाइले गरे भोटको अपिल

क्रेजी साप्ताहिक
पथरी । मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाई रियालिटी शो नेपाल आइडल सिजन ३ को टप ४ मा पुग्न सफल भएकी छिन् ।

पथरीशनिश्चरे–२ की सज्जा चौलागाई भोट गर्न अपिल गर्दै उनका बुबा टंक चौलागाई र भाइ सविन चौलागाईले आफ्नो ठाउँमा आएर भोटको अपिल गरेका छन् । पथरीशनिश्चरेमा आधारभुत शिक्ष हासिल गरेकी सज्जा पारिवारिक समस्याले गर्दा बुबा आमासँग काठमाडौ बस्दै आएकी थिइन् ।

बाल्यकालदेखि नै अध्ययनसँगै गायनमा रुचि राख्ने सज्जाले काठमाडांैको स्टपोल स्कुलमा कक्षा ८ मा पढ्दा भएको गायन प्रतियोगितामा तारा देवी र कुन्ती मोक्तानको हातबाट गोल्डेन मेडल (प्रथम स्थान) पाएको सज्जाका बुबा टंक चौलागाईले बताए ।

नेपाल आईडलको टपमा पुगे पछि निर्णनायकको हातमा नहुने भएकाले सज्जाका भाई सविन र बुबा टंक सबै दर्शक र स्रोता संग कला र गलाको मूल्याङ्कन गर्दै सज्जालाई भोट अपिल गर्न आफ्नै स्थान चौलागाईले बताए । नेपालको परिप्रेक्ष्यमा अहिले कोरनाको कारण नेपाल सरकारले लकडाउन लगाएको कारण नेपाल आइडल सिजन ३ को सबै कार्यक्रमहरु पनि स्थगन हुने संभावना रहेको पनि चोलागाइले बताए ।

भिडियो हेर्नुहोस् :-

 

सम्बन्धित खवर