कोरोना भाइरस - Crazysaptahik.com

कोरोना भाइरस

  •  तारा लाओती लिम्बू

कोरोना तिमीले माहामारी

फैलाउने कस्तो शहर बनायौ

भाइरस सधै तिम्रो छायाँभरी

रमाउने कस्तो रहर बनायौ

सारा तिम्रो करूणाबिहीन

डर त्रासले भयावह छन् सबै यहाँ

अनावसै सृष्टि भई मनुष्यलाई

गलाउने कस्तो जहर बनायौ

 

संसारको हरेक देशमा तिम्रा

पापी भाइरस नपुगेको ठाउँ नै छैन

मानवभित्रभित्रै तिम्रो संक्रामण डुलाउने कस्तो लहर बनायौ

मानवलाई यति ठूलो चोट दिन्छौ भनी कस्लाई थाहा थियो र ?

दिन रात कष्टमा पारी मानिस बगाउने कस्तो नहर बनायौ

दुनियाँले तिम्रो क्रुरता बारे डराई कहाली लाग्दो चर्चा गर्छन्

यो धर्तिमा प्रकोप बनी हरपल तर्साउने कस्तो कहर बनायौ l

  • ठेगाना : प.श.न.पा. – १, बिशाल मार्ग, मोरगं

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.