क्रेजी साप्ताहिक
विराटनगर । बुधबार मात्रै लकडाउन उल्लंघन गर्ने २३४ सवारी साधन मोरगं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरगका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईका अनुसार लकडाउन उल्लंघन गर्ने सवारी साधनमा बढि मोटरसाइकल रहेका छन् ।
उनका अनुसार यसरी उल्लंघन गर्ने क्रममा पक्राउ परेका मोटरसाइकल १८२, स्कुटी १ट छन् भने साइकल २३ र टेम्पो ५ वटा रहेका छन् । त्यस्तै टयाक्टर २ र पैदलयात्री २ लाई मोरगको बखरी र कञ्चनबारीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई छोड्ने या के गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता राईले बताए ।

