बाहिर ननिस्किन नगरपािलकाको आव्हान, निरन्तर बजार अनुगमन् हुने - Crazysaptahik.com

बाहिर ननिस्किन नगरपािलकाको आव्हान, निरन्तर बजार अनुगमन् हुने


क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला बजारमा अत्यावश्यकीय वस्तुको कृत्रीम अभाव र कालोबजारी रोक्नका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिइरहने भएको छ । पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयका प्रतिनिधि सहितको नगर अनुगमन समितिको आजको आकस्मिक बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी सिर्जना गर्न नदिन आफ्नो तर्फबाट सक्रियता अपनाउने निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी गरेको भेटिएमा कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै अत्यावश्यकीय वस्तुको किनबेचमा भीडभाड हुन नदिई कम्तिमा २ मिटरको दुरी कायम गरेर सुरक्षित रहन सचेतता अपनाउने समेत निर्णय भएको छ । साथै नगरवासी कोही पनि बाहिर ननिस्किइ सुरक्षीत तबरले घरभित्रै वस्ने कुरामा कडाई गर्न उल्लेख गरिएको छ । खाद्यान्न, औषधि सहितका अत्यावश्यकीय वस्तुको सहज आपूर्तिका लागि पथरी उद्योग वाणिज्य संघसँग समन्वय गर्ने पनि निर्णय भएको छ ।

यसका साथै बैठकले कोरोना भाइरसको सचेतना बारे प्रचार गर्दै नगरवासीलाई बाहिर ननिस्किइ सुरक्षित हिसावले घरभित्रै वस्नका लागि सुचित गराउन नगरले माइकिङ गर्ने निर्णय भएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जानकारी दिइन् । यसैबीच, नगरपालिकाको आव्हानमा नगर अस्पताल सहितका नगरपालिका मातहतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकले सुरक्षित पोशाकमा आफ्नो काममा सक्रियता जनाइरहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.