विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा - Crazysaptahik.com

विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएकाहरुको खोजी गरेर क्वारेन्टाइनमा पठाउने काम गरिरहेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका वडाका जनप्रतिनिधि, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितले विदेशबाट आएकाहरुको खोजी गरेर मिक्लाजुङ्को टाडीमा रहेको क्वारेन्टाइनमा लगिएको छ । आजसम्ममा ८ जनालाई सुरक्षित बसोबास र हेरचाहका लागि क्वारेन्टाइन लगिएको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

यसैबीच, नगरपालिकाले पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वाड तयारी गरेको र भोलीदेखि सेवा सुचालु गर्ने भएको छ । सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाइ शनिबार पनि बिदा नगरी काममा खटाइने भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.