पथरीमा घरभित्रै बस्न आव्हान सहित अनुगमन् जारी - Crazysaptahik.com

पथरीमा घरभित्रै बस्न आव्हान सहित अनुगमन् जारी


क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरसबाट वच्ने सचेतना दिँदै घर भित्रै वस्न आब्हान गरी मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा आइतबार पनि अनुगमन् गरेको छ ।

नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन, खाद्यान्नको सहज उपलब्धताको अनुगमन् गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।

नगरको अनुगमन् टोलीले आज विभिन्न वडामा अनुगमन् गर्दै सडकमा हिडिरहेकाहरुलाई कडा चेतावनीका साथ घरभित्र बस्न लगाएको छ । यस क्रममा वडा नम्वर ५ मा भेला भएर क्यारेमबोर्ड खेल्ने, वडा नम्वर २ मा लुँडो खेल्नेहरुलाई खेल खेल्न बन्द गराइएको छ । नगर सुरक्षाकर्मी सहितको टोलीले १ थान लुँडोको बोर्ड समेत बरामद गरेको छ ।

अनुगमन्मा भेटिएका मास्क नभएको अवस्थाका ज्येष्ठ र आर्थिक विपन्नलाई मास्क समेत वितरण गरिएको छ । आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मर्मलाई ध्यान दिएर सवै आआफ्नो ठाउँबाट लागिपर्नुपर्ने कुरामा नगरपालिकाले बारम्बार अनुरोध गरिरहेको छ ।

https://www.youtube.com/watch?v=usBeevZZMhM&t=19s

सम्बन्धित खवर