‘लकडाउन’को पालना गर्दै वडावासीको सेवामा मैनादेवी - Crazysaptahik.com

‘लकडाउन’को पालना गर्दै वडावासीको सेवामा मैनादेवी

प्रेम भट्टराई (केडी)
पथरी । देशमा कोरोनाको आतंक बढेपछि सरकारले लकडाउन घोषणा गरेको छ । जनप्रतिनिधिले उक्त लकडाउनलाई पालना नगरेको गुनासो बढेसंगै यहाँस्थित एक जनप्रतिनिधि भने लकडाउनको पालना गर्दै घरमै बसेर वडाबासिका लागि धमाधम मास्क बनाइरहनुभएको छ ।

लकडाउन घोषणाको केही दिनदेखि नै लगातार उहाँ घरमै मास्क बनाउने र वडावासीको घरघरमा वितरण गर्न ब्यस्त हुनुन्छ पथरी शनिश्चरे वडा नं दशकि महिला सदस्य मैनादेवी आचार्य ।

केही दिनदेखि आफ्नै घरमा मास्क बनाउन ब्यस्त आचार्यले ३ हजारभन्दा बढी मास्क वडाबासिलाई बितरण गरिसक्नु भएको छ । उक्त ३ हजार मास्क उत्पादनका लागि भने स्थानीय पशुपति सामुदायिक बन उपभोक्ता समितिबाट मास्क उत्पादन तालिम लिएका धुइ प्रशिक्षार्थिले पनि सहयोग गरेका छन् । नेकपा पार्टी कमिटी वडा नं १० ले कपडा उपलब्ध गराउन सहयोग गरेको उहाले बताउनुभयो ।

 

https://www.youtube.com/watch?v=CHOYr62s41M

सम्बन्धित खवर