क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले राहत व्यवस्थापन समन्वय समिति पथरी शनिश्चरे नगरलाई २० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साकोसले मंगलबार सो कुरा सार्वजानिक गरेको हो ।
नेपालमा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्दै नेपाली जनतालाई बचाउनका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण विपन्न वर्ग तथा दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेका नागरिकहरुलाई सहयोग गर्ने हेतुले सो रकम दिने घोषणा गरिएकोे व्यवस्थापक गणेश बाछानाले जानकारी दिनुभयो ।
लर्डबुद्ध साकोसले यस किसिमको सामाजिक कार्यहरुमा पनि सहयोग प्रदान गर्दै आइरहेको छ ।