महोत्तरीमा गोली चल्यो - Crazysaptahik.com

महोत्तरीमा गोली चल्यो


क्रेजी साप्ताहिक काठमाडौं । महोत्तरीको मनरासिसवामा गोली चलेको छ । मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको हो । गोली लागेर यादव घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको जानकारी दिए ।घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको छ । डीएसपी बुढाथोकीका अनुसार, उनको अवस्था खतरामुक्त छ । घटना कसले र किन प्रहार गर्‍यो भन्ने खुलेको छैन । डीएसपी बुढाथोकीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.