प्रचण्डमाथि जुत्ता प्रहार - Crazysaptahik.com

प्रचण्डमाथि जुत्ता प्रहार


क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आज आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई नलागेको बताइएको छ । प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

को हुन जुत्ता प्रहार गर्ने ब्यक्ति

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको ख्ुलेको छ । ३२ वर्षीय तिरुवा पूर्व लडाकु समेत हुन् । तिरुवा कम्युनिष्ट विचारधाराका युवा हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् ।

उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित खवर