मोरङमा लागुऔषध ब्राउन सुगर सहित दुइ जना पक्राउ - Crazysaptahik.com

मोरङमा लागुऔषध ब्राउन सुगर सहित दुइ जना पक्राउ


क्रेजी साप्ताहिक
मोरङ । नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका ९ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २७ बर्षीय साफुदिन आलमलाई ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.