क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलले मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरी २२ औं वार्षिककोत्सव भव्य रुपमा मनाएको छ ।
भूपू सैनिक अंग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो । सोमबार वार्षिकोत्सवको अवसरमा १२ लाखको लागतमा निर्माण भएको मन्टेस्वरी भवनको कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सांसद सुयर्मा राईले उद्घाटन गरेको छ ।
उक्त अवसरमा पथरीशनिश्चरे नगर घर भएकी हिन्दू धर्मको पहिलो महिला शंकरचार्य हेमानन्द गिरी, प्रदिपकुमार राई,सरोजा खड्गीलाई स्कुलले सम्मान गरेको थियो । स्कुलका गुठियारहरू रुद्रबहादुर गुरुङ, प्रेम चोम्वाङ, प्रेमकुमार गुरुङलाई पनि सम्मान गरिएको छ । यसैगरी असल अभिभावकको तारा लावती, रमेश कोइराला, गोपाल नेपाल र शुभचन्द्र राई सम्मानित भएका छन् ।
यसैगरी असल शिक्षकको रुपमा भवानी तिम्सिना र शान्ती मगरलाई कदरपत्र प्रदान गरिएको स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेलले जानकारी दिए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सांसद सुयर्माराज राई, संविधानसभा सदस्य चण्डिप्रसाद राई, प्रदेश सांसद कृष्णा राई, नगर प्रमुख दिलिपकुमार राई, हेमानन्द गिरी लगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा विद्यालयको गत शैक्षिक सत्रमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा विधार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।