
क्रेजी साप्ताहिक सोलुखुम्बु । सोलुखुम्बुमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाउँपालिका ८ मासेप बस्ने ५५ बर्षीया उत्रमाया राईको भिरबाट लडेर मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो सोही स्थानमा रहेको मुल्था भिरमा श्रीमानसंग खर काट्न जादै गरेको अवस्थामा उत्रमायाभिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुबाट समेत प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

