रेड स्टार अग्रेजी बोर्डिङ स्कुलको २४ औँ अभिभावक दिवश सम्पन्न - Crazysaptahik.com

रेड स्टार अग्रेजी बोर्डिङ स्कुलको २४ औँ अभिभावक दिवश सम्पन्न


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीमा रहेको रेड स्टार अग्रेजी बोर्डिङ स्कुलले २४ औँ स्थपना तथा अभिभावक दिवश मनाएको छ । सो अवसरमा विद्यालयले कक्षा ५ देखी कक्षा ९ सम्मका पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०५२ सालमा स्थापना भएको सो विद्यालयले स्थानिय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको बृति बिकाशमा टेवा पु¥याउदै आएको छ ।

यस्तै नेपाल सरकारले लिएको कक्षा ९ देखी कक्षा १२ सम्मको अवधारण अनुसार विद्यालयले कक्षा ११ र १२ मा व्यावस्थापन संकाय संचालन गरेको छोटो अवधिमा विद्यालयले उल्लेख्य प्रगति गरेको विद्यालयका प्रिन्सिपल टिन तिम्सिनाले बताए ।  यस्तै विद्यार्थीहरुले परिक्षामा प्राप्त गरको नतिजा लाई स्वदेश तथा विदेशमा रहेर हेर्न चाहाना अभिभावकहरुका लागि आगामी वर्ष देखी विद्यालयले विद्यालयको मोवाईल एप निर्माण गरि सोमा नतिजा सार्वजनिक गर्ने योजना रहेको तिम्सिनाले बताए ।

विद्यालयले २४ औँ अभिभाव तथा स्थापना दिवशको अवसरमा विभिन्न सास्कृतिक नृत्य तथा नाटक समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रमुख अथिति स्थानिय सरकार प्रमुख दिलिप कुमार राईले विद्यायलयको थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए । साथै उनले सैद्धान्तिक शिक्षण पद्धति भन्दा पनि आधुनिक र व्यावहारिक शिक्षण सिकाईमा क्रियाकलापमा ध्यान दिन अनुरोध गरेका छन् । कार्यक्रममा लेटाङ प्रिन्सको उपाधी जितेकी पूर्वविद्यार्थी सुजता खतिवडालाई सम्मान गरिएको थियो । कार्यक्रम सोमवार स्थानिय सिन भिलेज पार्टि प्यालेसमा सम्पन्न भएको हो ।

https://www.youtube.com/watch?v=qdekA101pq4&feature=youtu.be&fbclid=IwAR2mgzH9SlUxdoiziZZQnaSCNLf3Zc4PE1g0BEVbOhr6CFcm2CvohNdXI6I

https://www.youtube.com/watch?v=t2bACs0y30A&feature=youtu.be&fbclid=IwAR2CwPt4IatkXmmCRIoRoebFUVruD3gXz3_Mo-53lVJGJOa25lNPQZU744k

सम्बन्धित खवर