राजीनामापछि पनि अर्थमन्त्रीमा पुनः खतिवडा नियुक्त हुँदै - Crazysaptahik.com

राजीनामापछि पनि अर्थमन्त्रीमा पुनः खतिवडा नियुक्त हुँदै


क्रेजी साप्ताहिक
काठमाडौं । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आजबाट सकिएको छ । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि सकिन लागेको हो ।

आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिँदै छन् । सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.