
क्रेजी साप्ताहिक
काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने २ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । ललितपुरको सानेपामा बा १ ख ६९५२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही बसका चालक उदयपुर घर भई काठमाडौं सुनधारा बस्ने वीरधन राई र सहचालक नविन राई रहेका छन् । उनीहरुले ट्राफिक प्रहरीलाई नगद रू ५ सय दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

