टिपरको ठक्करबाट २ जनाको मृत्यु - Crazysaptahik.com

टिपरको ठक्करबाट २ जनाको मृत्यु


क्रेजी साप्ताहिक
मोरङ । विराटनगर महानगरपालिका १९ मिलनचौकमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मंगलबार राति पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ख २९१७ नंम्बरको टिफरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १००२ ह ८६०६ नम्बरको अटो टेम्पो लाई ठक्कर दिएकोमा अटो चालक जिल्ला मोरङ ग्रामथान २ बस्ने वर्ष ४५ को बाबुराम सरदार र निजको नातिनि वर्ष ६ की सबिता सरदारको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीेले जनाएको छ ।

मंगलबार राति साढे ९ बजे भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । मृत्युपछि टिपरमा स्थानीयले आगजनी गरेका छन ।

सम्बन्धित खवर