पथरीशनिश्चरेमा पत्रकार पौडेलको उपचारको लागि सहयोग संकलन - Crazysaptahik.com

पथरीशनिश्चरेमा पत्रकार पौडेलको उपचारको लागि सहयोग संकलन

क्रेजी साप्ताहिक
पथरी । ब्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारको लागि मोरङको पथरीशनिश्चरे नगरमा क्रियाशील पत्रकारहरुले आज (बुधबार) आर्थिक संकलन गरेका छन् ।

पत्रकार पौडेलको काठमाडौको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचारको लागि ४० लाख बढी लाग्ने भएपछि आर्थिक अभियान चलिरहेको छ । उपचारमा सहयोग होस् भन्ने उद्देश्यले बुधबार पथरीमा कृयाशील पत्रकारहरुले आ–आफैबाट सहयोग संकलन गरेका हुन ।

सहयोगको लागि अर्जुन जम्नेली राई, मोहन भट्टराई, सन्तोष राई, दिनेश सुब्बा, एकराज कार्की, भिमराज अधिकारी, केशव निरौला, राजकुमारी तामाङ, अर्पणा केसी, कुमार खड्का, एलिना दियाली, भूमी प्रसाद पठक, गोपाल काफ्लेले रकम संकलन गरेका हुन् ।

यसैगरी विवेक न्यौपाने, ईश्वर दुलाल, सरोज निरौला, सनम रोका, अर्जुन काफ्ले, प्रेम केडी भट्टराई, डम्बर सिन्चुरी लगायतले स्वतः स्फूर्तरुपमा रकम संकलन गरेका हुन् । संकलन भएको १५ हजार रुपैयाँ उपचार कोषको खातामा पठाइने नेपाल पत्रकार महासंघ मोरङको सह–सचिव सन्तोष राईले बताए ।

सम्बन्धित खवर