फुटबल खेलाडी रोनाल्डिनो पक्राउ - Crazysaptahik.com

फुटबल खेलाडी रोनाल्डिनो पक्राउ


क्रेजी साप्ताहिक
एजेन्सी । ब्राजिलका राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन् । पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो बुधबार राति पक्राउ परेको गोल डटकमले जनाएको छ । नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ ।

प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो । एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए । रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट थिएन । सन् २०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट कब्जा गरिएको थियो। सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाएको थियो ।

सम्बन्धित खवर