म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा - Crazysaptahik.com

म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा


क्रेजी साप्ताहिक
काठमाडौं । ओडिओन इघालोको दुई गोल मद्दतमा डर्बी काउन्टीलाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आफ्नै पूर्व खेलाडी वायन रुनी समेत रहेको डर्बी काउन्टीलाई युनाइटेडले उसैको मैदानमा ३–० ले राजित गरेको हो ।

युनाइटेडका लागि लुकाशले खेलको ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४१औं मिनेटमा वइघालोले व्यक्तिगत पहिलो गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे । दोस्रो हाफमा इघालोले एक गोल थपे । उनले ७०औं मिनेटमा गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

युनाइटेडको जितपछि क्वाटरफाइनलको समीकरण पनि पूरा भएको छ । युनाइटेडले अब क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ । यस्तै चेल्सीले लेस्टर सिटीसँग, म्यानचेष्टर सिटीले न्यूकासल युनाइटेडसँग र आर्सनलले शेफिल्ड युनाइटेडसँग खेल्नेछन् ।

सम्बन्धित खवर