क्रेजी साप्ताहिक । धरानबाट तेह्रथुमको सुदाप जाँदैगरेको बस धनकुटामा दुर्घटना भएको छ । सुदापतर्फ जाँदेगरेको को १ ख २८२४ नंबरको बस धनकुटाको साँगुरीगढि गाउँपालिका – ६ कार्किछापमा दुर्घटनाग्रस्त बनेको हो । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतपेहरुलाई धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।