क्रेजी साप्ताहिक । स्पेनिस ला लिगमा भ्यालेन्सिया र डिर्पाेटिभो अलाभेसले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राति भएको खेलमा भ्यालेन्सिया र अलाभेस १–१ गोलको बराबरीमा रोकिए ।
भ्यालेन्सियाले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । अलाभेसको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा भ्यालेन्सियाले ३४औं मिनेटमा ड्यानियल पारेजोको गोलमा अग्रता लिएको थियो । ७३औं मिनेटमा इडगर मेन्डिजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै भ्यालेन्सियाले पाँचौ स्थानको एथ्लेटिको म्याड्रिडसँग बराबरी गर्ने मौका गुमाएको छ । सातौं स्थानमा रहेको भ्यालेन्सियाको २७ खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको एथ्लेटिकोको ४४ अंक छ । ३२ अंक बनाएको अलाभेस ११औं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ५६ अंक छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५५ अंक छ ।