नेपालसहित १४ देशका यात्रुलाई कतारमा प्रतिबन्ध - Crazysaptahik.com

नेपालसहित १४ देशका यात्रुलाई कतारमा प्रतिबन्ध


क्रेजी साप्ताहिक । कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस(कोभिड(१९) को संक्रमण फैलिएपछि नेपालका साथै चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि कतारले रोक लगाएको हो ।

कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ । कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित खवर