कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुने - Crazysaptahik.com

कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुने


क्रेजी साप्ताहिक । कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुने भएको छ । यसअघि च्याम्पियनको फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने तयारी थियो । तर, अब भने ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सरकारले ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेपछि ग्रान्ड फिनाले च्यासलस्थित आफ्नै स्टुडियोमा गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताए ।

ग्रान्ड फिनालेमा अभिनेता राजेश हमाल र महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) अतिथि रहने बताइएको छ । सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त ग्रान्ड फिनालेमा पुगेका छन् । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा कमेडी च्याम्पियनका निर्णायक रहेका छन् । शोको होस्ट रीमा विश्वकर्माले गर्दै आएकी छिन् । आयोजकले तीनै जना प्रतिस्पर्धीलाई भोटिङ खुल्ला गरेको छ । त्यस्तै ग्रान्ड फिनालेको टिकट बिक्री पनि खुला गरिएको आयोजकले जनाएको छ । टिकट ई–सेवाबाट काट्न सकिने बताईएको छ । च्याम्पीयनका विजेताले नगद २५ लाखका साथै कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर