जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ - Crazysaptahik.com

जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ


क्रेजी साप्ताहिक । होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि रहेका छन् । समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् ।
पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने बोगटीले जनाए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.