मापसेको कारबाहीबाट बच्न ५ हजार घुस दिँने पक्राउ - Crazysaptahik.com

मापसेको कारबाहीबाट बच्न ५ हजार घुस दिँने पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्ति ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिकाका ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन् । उनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले पक्राउ गरेको हो ।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंकाका आधारमा जाँच्ने क्रममा कालिमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक श्रेष्ठ नियन्त्रणमा परेका थिए । उनले ट्राफिक प्रहरीलाई ५ हजार रुपैयाँ नगद दिएर कारबाहीबाट बच्ने कोशिस गरेका थिए । यद्यपि, ट्राफिक प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिए । यसरी कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्नेलाई कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.