नक्कली सरकारी कागजात बनाउने पक्राउ - Crazysaptahik.com

नक्कली सरकारी कागजात बनाउने पक्राउ


क्रेजी साप्ताहिक । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका ७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका १६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजातहरु समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.