थुनुवासंगै रकम असुल्दै प्रहरी - Crazysaptahik.com

थुनुवासंगै रकम असुल्दै प्रहरी


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यलयले थुनुवाबाटनै पैसा असुल्ने गरेको पाइएको छ । घरायसी झगडामा फागुन ११ थुनामा परेका जोग बहादुर राईलाई १२ गते मिलापत्र गर्दा ५ हजार रुपैया रकम लिएको राईले बताएका छन ।

मापसे गरेर झगडा गरेको भन्दै पथरीशनिश्चरे ३ का जोग बहादुर राईलाई प्रहरीले एक रात थुनेको र कार्यलयको चौरी सफागर्न लगाइएको राईले बताए । मिलापत्र गर्दा एक बिना बर्दिका प्रहरीले पहिलो चोटी पर्दा ५ हजार देखि १० हजार सम्म तिर्नु पर्छ अको पटक पर्दैन भन्दै ५ हजार लिएको बताए । अको पटक तिर्नु नपर्ने भन्दै मागे पछि डरले अर्कै संग पैसा मागेर दिएको राईको भनाई छ । उक्त विषयमा इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीलाई बुझदा प्रहरीबाट त्यस्तो भएको रहेछ भने उक्त प्रहरीलाई निलम्बन गर्ने बताए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.