बससँग अटो ठोक्किँदा चालकको मृत्यु - Crazysaptahik.com

बससँग अटो ठोक्किँदा चालकको मृत्यु


क्रेजी साप्ताहिक
नेपालगञ्ज । बाँकेको कोहलपुरमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि भएको सो दुर्घटनामा नौ जना घाइते भएका छन् । दुर्घटनामा वैजनाथ–२ का अटो रिक्सा चालक जयबहादुर रोकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

भे १ ख २१२९ नम्बरको बस र भे १ ह १६५३ नम्बरको अटो रिक्सा बिहान करिब आठ बजे ठोक्किएको थियो । बस चालक कोहलपुर नगरपालिका–११ का विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच बाँकेको बैजनाथ गाउँपालिका– ५ मा हिजो बेलुकी भे ६ प ७२४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका पैदलयात्री ५५ वर्षीय दिल बहादुर पुनको मृत्यु भएको छ ।

यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा हिँजो बेलुकी भारतीय नम्बरको मोटरसाइकल र लु ३२ प ३९०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बर्दघाट नगरपालिका १५ कुकुरमाराका ३५ वर्षीय राजन सुनारको मृत्यु भएको छ । घाइते भएका २ जनाको चौपत्तास्थित शहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.