क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरेस्थित पथरी नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) ले आज भिडियो एक्सरे (युएसजी) मेसिन हस्तान्तरण गरेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंलाई युएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिन स्पुनित बर्माले मेसिन हस्तान्तरण गर्दै त्यसको सम्झौताको कागजात समेत साटासाटा गरेका थिए । सो मेसिन करिब २८ लाख ९० हजार रुपैयाँ बराबरको रहेको छ ।
कार्यक्रममा बोल्दै बर्माले स्वास्थ्य विमा सहितका कार्यक्रममाफृत भूटानी शरणार्थीहरुलाई समेत सहयोग पुर्याउँदै आपसी भाइचारा कायम गरेकोमा नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गरे । साथै उनले समुदायलाई कसरी स्वस्थ बनाउने भन्ने कुरामा सवैले ध्यानदिनु पर्ने धारणा राखे ।कार्यक्रममा नगर प्रमुख राई, उपप्रमुख वास्तोला, समाजसेवी मोहन तुम्वापोले युएनएचसीआरको सहयोगप्रति आभार व्यक्त गरेका थिए । आम्दा नेपालका प्रमुख सुमन नेपालले सन् २०१३ देखि शरणार्थी प्रभावित क्षेत्रमा युएनएचसीआर र आम्दा सहितले सहयोग पुर्याउँदै आएको बताउँदै अव १ सय केभीएको टन्सफर्मर र डिजिटल एक्सरे मेसिन समेत नगर अस्पताललाई प्रदान गरिने बताए ।