अपराजित सातदोबाटो युथ क्लबलाई ३ अंकको अग्रता - Crazysaptahik.com

अपराजित सातदोबाटो युथ क्लबलाई ३ अंकको अग्रता

सातदोबाटो युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत सोमबार भएको खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती युथ क्लबलाई १–० ले पराजित गरेको हो ।

सातदोबाटोका लागि दोर्जे तामाङले खेलको एक मात्र गोल गरे । दोर्जेले २५औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरे । श्री भगवतीका लक्ष्मण जिसीले पेनाल्टी एरिया बल ह्याण्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको हो र त्यमसा दोर्जेले गोल गरे ।

यस जितपछि सातदोबाटोले अपराजित यात्रालाई ८ खेलसम्म लम्ब्याएको छ । ८ खेलबाट ७ जित र १ बराबरीको नतिजासहित सातदोबाटोले २२ अंक जोडेको छ र दोस्रो स्थानको खुमलटार युथ क्लबमाथि ३ अंकको अग्रता बनाएको छ ।

८ खेलबाट १९ अंकसहित खुमलटार दोस्रो स्थानमा छ । श्री भगवती ८ खेलबाट ६ अंकसहित नवौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.