
बुटवल । रितिक राना र प्रेरणा कोइरालाले चौथो बुटवल खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भएको फाइनल खेल्जै रितिकले पुरुषतर्फ र प्रेरणाले महिलातर्फ उपाधि जितेका हुन् ।
साविक विजेता समेत रहेको रितिकले पुरुषको फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ ले पराजित गरे । यस्तै महिलातर्फ प्रेरणाले अभिलाषा विष्टलाई ६–१, ६–३ ले हराइन् । प्रेरणाले सेमिफाइनलमा साविक विजेता सलोनी तामाङलाई पराजित गरेकी थिइन् ।
प्रेरणा र मायन्का राणाको जोडी महिला युगलको सेमिफाइनलमा अभिलाषा र इरा राउतको जोडीसँग हारेका थिए । प्रेरणाल एकलको फाइनलमा अभिलाषास्ग बदला समेत लिएकी छन् ।

