युभेन्ट्सको सहज जित - Crazysaptahik.com

युभेन्ट्सको सहज जित

साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए मा स्पेजियविरुद्ध सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियलाई ३–० ले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफमा युभेन्ट्सले ३ गोल । युभेन्ट्सका लागि ६१औं मिनेटमा अल्भारो मोराटा, ७१औं मिनेटमा फेडेरिको फिएसो र ८९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । यस सिजन लिगमा रोनाल्डोको यो २०औं गोल हो ।

उनी लगातार १२ सिजन युरोपको टप फायभ लिगमा २० गोल गर्ने पहिलो खेलाडीसमेत बने । जितपछि तेस्रो स्थानको युभेन्ट्सले २४ खेलबाट ४९ अंक जोडेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टर भन्दा ७ अंकले पछि छ भने दोस्रो स्थानको एसि मिलानभन्दा ३ अंकले पछि छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.