म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो - Crazysaptahik.com

म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ । बुधबार राति क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको गोलरहित बराबरीमा टुङ्गिएको हो ।

बराबरीपछि दुवै टिमले समान १ अंक जोडे । खेलमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । युनाइटेड बराबरीमा रोकिँदा शीर्ष स्थानको म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ ।

युनाइटेडभन्दा सिटी १४ अंकले अघि छ र उपाधि होड मजबुत बनाउँदै छ । २७ खेलबाट सिटीको ६५ अंक छ भने युनाइटेडको समान खेलबाट ५१ अंक छ । क्रिस्टल प्यालेस २७ खेलबाट ३४ अंकसहित १३औं स्थानमा छ ।

त्यसअघि तेस्रो स्थानको लेस्टर सिटीले बर्नलीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसको फाइदा युनाइटेडले उठाउन सकेन । चौथो मिनटेमै माटेज भाइड्राले गोल गर्दै घरेलु टोली बर्नलीलाई अग्रता दिलाएका थिए ।

तर ३४औं मिनेटमा लेस्टरका केलेची इहनाचोले बराबरी गोल फर्काए । बराबरीपछि लेस्टर २७ खेलबाट ५० अंकसहित तेस्रो स्थानमै छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.