मेरो कलम: 'आई लभ यू केपी बा...' भन्नेलाई प्रधानमन्त्रीले दिए फ्ल्याङ्क किस - Crazysaptahik.com

मेरो कलम: ‘आई लभ यू केपी बा…’ भन्नेलाई प्रधानमन्त्रीले दिए फ्ल्याङ्क किस

ईस्वर दुलाल
लगभग २ किलो मिटर अगाडि पछाडिबाट नै सुरक्षाकर्मीहरुको सुरक्षा, नेपाल प्रहरीको निलो गाडी साइरन बजाउँदै अगाडि आउँछ । ३ वटा नेपाल प्रहरीको गाडी अगाडि लागिसकेपछि कालो रंगको गाडी देखापर्छ । सो गाडीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सवार थिए ।

प्रधानमन्त्री त्यो कालो गाडीबाट सुरुमा देब्रे पाउ जमिनमा टेक्नासाथ पश्चिमट्टिबाट आवाज आयो– केपी ओली जिन्दवाद, जिन्दवाद ! जिन्दवाद !! जिन्दवाद !!! आई लभ यू केपी बा… जस्ता नारा लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको मुहारमा निक्कै चमक देखापरेको थियो ।
दाहिने हात हल्लाउँदै प्रम आलीले आफ्नो शुभचिन्तकहरूलाई सम्बोधन गरे । त्यसपछि ओली सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास स्थलतर्फ मोडिन्छन् ।

उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा निमार्ण हुने सन्थाल एकीकृत बस्तीमा २६ उराव र १ सय ६ सन्थाल जातिको गरी कूल १ सय ३२ वटा घर निर्माण गर्न लागेको हो । प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्सा कोठा र एक शौचालयको व्यवस्था रहनेछ ।

प्रहरी भरिभराउ स्थलमा कोट, पाईन्ट, टाई अनि भिआईपी सेक्युरेटीको परिचय पत्र भिरेका अफिसरहरू र विभिन्न सञ्चार संस्थाबाट पत्रकार तथा संञ्चारकर्मीहरू आ–आफ्ना हतियार (पत्रकारले क्यामेरा / सुरक्षाकर्मीले सुरक्षा कवज) लिएर तैनाथ थिए । प्रम ओली शिल्यान्यास स्थलमा पलेटी कसेर बस्छन्, ओली बसेसँगै गुरुबाले (पण्डित) विधिवत रुपमा शिल्यान्यास मन्त्रको उच्चारण गर्छन् ।

 

ॐ धर्मोसि धर्मदैवत्यवृषरुप नमोस्तु ते।
सुखं देहि धनं देहि देहि पुत्रमनुत्तमम्।।
गृहे गृहे निधिं देहि वृषरुप नमोस्तु ते।
आयुर्वृद्धिं च आरोग्यं देहि गेहयोः।।
आरोग्यं मम भार्याया पितृमातृसुखं सदा।
भ्रातृणां परमं सौंख्यं पुत्रणां सौख्यमेव च।।
सर्वस्वं देहि मे विष्णो! गृहे संविशतां प्रभो!।
न्वग्रह्युतां भूमिं पालयस्व वरप्रदा!।।

 

मन्त्र उच्चारण गर्दै, प्रम ओलीलाई ईट्टा जोड्न आग्रह गर्छन् । कार्यक्रममा उपस्थित पूर्व सभामुख सुवास नेङ्बाङ, प्रदेश नम्बर १ का प्रमुख माननीय शेरधन राई, शिक्षा मन्त्री माननीय कृष्णगोपाल श्रेष्ठ, संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय भानुभक्त ढकाल, कानून मन्त्री माननीय शिवमाया तुम्हाम्फो लगायत जनप्रतिनिधिहरु र उपस्तिथ शुभचिन्तकहरूले लाली बजाउँदै खुशी व्यक्त गरिरहेका थिए । परबाट उनका शुभचिन्तकहरुको कण्ठबाट निस्किएको ध्वनीले माहोललाई रोचक बनाइरहेको थियो । ‘आज हैन भोलिलाई, हाम्रो समर्थन ओलीलाई !’

शिल्यान्यासको कार्यक्रम समापन पक्ष्यात् प्रम ओलीले रातो पिल्लरमा रातो कपडाले ढाकिएको शिलालेख अनावरण गरे उक्त शिलालेखमा उल्लेख गरिएको थियो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास सन्थाल एकीकृत बस्ती निर्माण’

ओली पूर्ण आफ्ना सुभ चिन्तकहरुमाझ केन्द्रित हुन्छन्, ओलीले आफ्ना शुभ चिन्तकलाई बाई बाई स्वरुप हात हल्लाउँछन् । उपस्थित शुभचिन्तकहरुबाट फेरि आउँछ, ‘बोली अलि पिरो हो केपी ओली हिरो हो ।’ केपी ओली जिन्दवाद, केपी बा आईलभयू ! आईलभयू !! आईलभयू !!! ओली मुसुक्क हाँस्दै आफ्ना शुभ चिन्तकलाई फ्ल्याइङ्क किस दिन्छन् । माहोल पुरै हास्यास्पद बन्छ । नारा लगाउने शुभचिन्तकहरुले अझ चर्को स्वरले नाराबाजी गर्छन् । पुनः प्रम ओली गाडीमा साभार हुन्छन् र तोकिएको कार्यक्रम स्थल दुर्गापूरीतर्फ मोडिन्छन् ।

कार्यक्रममा आफ्ना कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्तिथि रहेको थियो । ओलीले कार्यक्रममा सम्बोधन गर्दै, आफू पनि सन्थाल समुदायमै हुर्किएको कुरा ब्यक्त गर्दै खुलेर प्रशंसा गरे, सबै भन्दा सुरक्षित स्थान भनेको सन्ताल बस्ती हो, किन भने धेरै मिलनसार, झै झगडा नगर्ने, अरुको सम्पत्तिको लोभ नगर्ने जाति भनेको सन्थाल जाति हो । म भूमिगत अवस्थामा सन्थाल बस्तीमै बसेको थिए ।

सन्थाल जातिका साथीभाइहरुसंग भैसी चराउन जाने गरेकोे उनले सुनाए । उनले आफ्नो उरौठेले उमेर सम्झिदै हास्य सैलीमा भने, भन्नत नहुने हो, सन्थाल साथीहरु संग कहिले काहि लुकेर रक्सी खाएको र माछा मार्दाको क्षणहरु आज पनि ताजै लाग्छ ।

सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भए पछि सन्ताल समुदायमा फागुन १८ गते (शिलान्यास भएको दिन) देखी खुशीको लहर छाएको छ ।

 

  • पथरी शनिश्चरे, मोरङ

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.