घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार - Crazysaptahik.com

घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार

साविक विजेता लिभरपुलले यस सिजन प्रिमियर लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिँदा घरेलु मैदानमा लगातार पाँचौ हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल चेल्सीसँग १–० ले पराजित भएको हो ।

मासोन माउन्टले चेल्सीको जितमा एक मात्र गोल गरे । माउन्टले ४२औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । त्यही गोल नै चेल्सीलाई ३ अंक दिलाउन निर्णायक बनेको हो । जितपछि चेल्सी २७ खेलबाट ४७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।

लिभरपुल ४३ अंकसहित सातौं स्थानमा छ । प्रशिक्षक थोमस टुचेल आएपछि चेल्सी सबैखाले प्रतियोगितामा गरेर १० खेलमा अपराजित छ । यस्तै अर्को खेलमा एभरटनले वेष्टब्रोमलाई १–० ले पराजित गर्दै शीर्ष चारको नजिक रहेको छ ।

एभरटनका लागि रिचार्लिसनले ६५औं मिनेटमा गोल गरे । २७ खेलबाट ४६ अंक जोड्दै एभरटन पाँचौ स्थानमा उक्लेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.