सान्चेजको दुई गोलमा इन्टर विजयी, ६ अंकको अग्रता - Crazysaptahik.com

सान्चेजको दुई गोलमा इन्टर विजयी, ६ अंकको अग्रता

 


एलेक्सिस सान्चेजको दुई गोल मद्दतमा शीर्ष स्थानको इन्टरले इटालियन सिरी ए मा पार्मालाई २–१ ले पराजित गरेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता समेत बनाएको छ ।

पार्माको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा ३ गोल भयो । सान्चेजले ५४औं र ६२औं मिनेटमा गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाएका थिए । घरेलु टोली पार्माका लागि हेर्नानीले ७१औं मिनेटमा एक गोल फर्काए ।

जितपछि इन्टरको २५ खेलबाट ५९ अंक जोडेको छ । समान खेलबाट एसी मिलानको ५३ अंक छ । हारपछि २५ खेलबाट १५ अंक रहेको पार्मा पुछारबाट दोस्रो अर्थात १९औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.