
अल्भारो मोराटाले दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा लाजियो विरुद्ध पुनरागमन जित हात पारेको छ । शनिबार राति भएको खेलमा साविक विजेता युभेन्ट्सले घरेलु मैदानमा लाजियोलाई ३–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा लाजियोमा जोआकिन कोरेअले गोल गर्दा युभेन्ट्स १४औं मिनेटमा पछि परेको थियो । तर ३९औं मिनेटमा एड्रिन राबिओटले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटाले दुई गोल गरे ।
५७ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि ६० औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३–१ को जित दिलाए ।जितपति तेस्रो स्थानको युभेन्ट्सले २५ खेलमा ५२ अंक जोडेको छ र दोस्रो स्थानको एसी मिलानसंग अंकदूरी १ मा झारेको छ ।
समान खेलबाट ५३ अंकसहित मिलान दोस्रो स्थानमा छ । शीर्ष स्थानको इन्टर भन्दा युभेन्ट्स अझै ७ अंकले पछि छ । ५३ खेलबाट ५९ अंकसहित इन्टर शीर्ष स्थानमा छ ।

