एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना - Crazysaptahik.com

एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो ।

ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र लाएक्स मोरिबाले एक एक गोल गरे । दुवै गोलका लागि कप्तान लिओनल मेसीले सहयोग गरे । खेलको ३०औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा मोरिबाले गोल गरे । जितपछि बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोड्दै लिडर एट्लेटिकोलाई पछ्याइरहेको छ । बार्सिलोनाभन्दा दुई खेल कम खेलेको एट्लेटिकोको ५८ अंक छ । ओसासुना २६ खेलबाट २८ अंक सहित १३औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.