६५ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप - Crazysaptahik.com

६५ वर्षमाथिकालाई कोरोना विरुद्धको खोप

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आइतबारबाट कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ ।

चैत ३ सम्म सञ्चालन हुने कोरोना भाइरस विरुद्ध निःशुल्क खोप कार्यक्रम वडा वडाका खोपकेन्द्रमार्फत सञ्चालनको तयारी भएपनि संघीय सरकारले स्वास्थ्य संस्थाबाट मात्र खोप प्रदान गर्न हिजो निर्णय गरेको हो ।

सो अनुरुप आइतबार वडा नम्बर २ को नगर अस्पताल, ९ को शनिश्चरे स्वास्थ्य चौकी र ५ को हसन्दह स्वास्थ्य चौकीमा खोप प्रदान गरिएको छ । तीन स्थानका स्वास्थ्य संस्थामा आआफ्नो पायक पर्ने वडाहरुबाट ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुले खोपको सेवा लिएका छन् । आइतबार १ सय ३४ पुरुष र ८८ महिला गरी २ सय २२ जनाले खोप लगाएको स्वास्थ्य कर्मचारी जगत मगरले जनाउनु भयो । खोप लगाएपछि सहभागिलाई खोप कार्ड प्रदान गरिएको छ ।

गर्भवती, स्तनपान गराइरहेका र गर्भको योजना बनाएका महिला, मृगौलाको डाइलोसिस गरिरहेका, मुटुको गम्भीर विरामी, १८ वर्ष उमेर पुगेका व्यक्ति, कोरोना संक्रमण भएको ८ हप्तासम्मका व्यक्ति तथा खोप वा सुई लगाउँदा एलर्जी हुने व्यक्तिहरु बाहेक दीर्घ रोगीले समेत खोप लगाउन हुने संघीय सरकारले जानकारी गराएको छ ।

खोप लगाउन नमिल्ने बाहेकका तोकिएको उमेर समूहका सवैले खोप लगाएर कोरोना भाइरसबाट सुरक्षित बन्न नगरपालिका कार्यालयले सवैमा अनुरोध गरेको छ । सोही समयमा नगरमा बालबालिकाको मासिक नियमित खोप सेवा समेत सञ्चालन भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.