युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो - Crazysaptahik.com

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २–१ ले पराजित गरेको थियो । दोस्रो लेग युभेन्ट्सले ३–२ ले जितेपछि समग्रमा नतिजा ४–४ को बराबरी भयो । तर पोर्टोले अवे मैदानमा धेरै गोल गरेका आधारमा क्वाटरफाइनलमा स्थान बनाएको हो ।

युभेन्टसको मैदानमा भएको खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ५४औं मिनेटमा मेहेदी टेरेमी रातो कार्ड पाउँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटियो ।

त्यसैको फाइदा उठाउँदै ६३औं मिनेटमा चिएसाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । उक्त गोलपछि स्कोर समग्रमा ३–३ को अवस्थामा पुगेको थियो । निर्धित ९० मिनेटसम्म यही स्कोर कायम रहेपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो ।

जसमा दुवै टिमले समान एक गोल गरे । फाइदा भने पोर्टोलाई नै भयो । ११५औं मिनेटमा पोर्टोका सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ११७औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए ।

तर यो जित युभेन्टसलाई क्वाटरफाइनलमा पु¥याउन पर्याप्त भएन । क्रिस्टियानो रोनाल्डो सम्मलिति युभेन्ट्स लगातार दोस्रो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.